बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै
पाेखरा | माघ ८, २०८०
पोखरा: पोखरा बगर भाइखलक पोखराले ग्रास रुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनरको आयोजना गर्ने भएको छ । पोखरा १ बगरमा स्थापित सामाजिक संस्था बगर भाइखलकले आर्थिक अवस्था कम्जोर भएका खेलाडीहरुलाई सहयोगार्थ च्यारिटी डिनरको आयोजना गर्न लागेको अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।
‘हामीले ग्रास रुट फुटबलका प्रशिक्षणका लागि तेह्रौं बगर भाइ खलक भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं । ग्रासरुट फुटबल प्रशिक्षणमा अभावका कारण कतिपय प्रतिभावान खेलाडीहरुको सहभागिता रहन सकेको छैन्’ उनले भने, ‘हामीले साना–साना खेलाडीहरुलाई छात्रवृत्ति प्रदानका लागि कोष वृद्धि गर्न च्यारिटी डिनरको आयोजना गर्न लागेका हौं ।’
च्यारिटी डिनर पोखरा ९ बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा आगामी शुक्रबार हुँदैछ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

